spot_img

युवा अभियान सफल: कलैया बजार सडक आजबाट निर्माणमा

spot_img
spot_img

बीरगन्ज,१८ कातिक । युवाहरूको निरन्तर दबाब र हस्ताक्षर अभियानपछि अन्ततः मानमत–कलैया–मटिअर्वा सडक निर्माण पुनः सुरु भएको छ। १४ वर्षदेखि अधुरो रहेर धुलो–धुवाँ उमारिरहेको करिब ३.५ किमी सडक खण्ड पुर्ननिर्माणमा जुटेपछि युवाहरूले चलाएको हस्ताक्षर अभियान स्थगित गरिएको घोषणा गरेका हुन्।

निर्माणको जिम्मा पाएको ठेकेदारले रातिदेखि कलैया उपमहानगर–१ तीनकुने चोक क्षेत्रबाट रात्रिकालीन काम प्रारम्भ गरेको हो।करीब दुई हप्ताअघि सुरु गरिएको जन–दबाब अभियानमा हालसम्म ६ हजारभन्दा धेरै स्थानीयले हस्ताक्षर गरेका थिए।

युवा अभियन्ता सौरभ चौगाईँका अनुसार, अब अभियान हस्ताक्षर सङ्कलनबाट निर्माण अनुगमन र समन्वयतर्फ केन्द्रित हुनेछ। “हस्ताक्षर छुटेकाहरूले अझै पनि सहभागी हुन पाउनेछन्,” चौगाईँले बताए, “हामी छिट्टै सबै हस्ताक्षर भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई बुझाउनेछौँ। अबको प्राथमिकता—गुणस्तर, पारदर्शिता र समयमै काम सम्पन्न गराउनु हो।”

२०६८ सालमा हुलाकी राजमार्गअन्तर्गत २७ किमी सडक कालोपत्रे सुरु गरिए पनि कलैयाको मुख्य बजार क्षेत्रका ३.५ किमी सडक अलपत्र छाडिएको थियो। लामो प्रतीक्षा, जनदबाब र युवा सक्रियतापछि अन्ततः सडक निर्माणले गति लिएको हो।

स्थानीयले अब काम गुणस्तरीय र समयसिमा सम्पन्न हुने आशा व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय