spot_img

बिहार विधानसभा चुनावका कारण नेपाल–भारत सीमामा कडाइ

spot_img
spot_img

बीरगन्ज,१८ कात्तिक। भारतको बिहार राज्यमा २० कात्तिकदेखि हुने विधानसभा चुनावका कारण नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपाल सशस्त्र प्रहरी बलले समन्वय गरेर सीमामा चेकजाँच र निगरानी बढाएका छन्।

सशस्त्र प्रहरी बल मधेस प्रदेशका डीआईजी कृष्ण ढकालका अनुसार, चुनावका क्रममा हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रणमा राख्न ७२ घण्टा अगाडि देखि सीमा कडाइ गरिएको हो।

बिहारमा आगामी निर्वाचन २५ कात्तिकसम्म सञ्चालन हुने योजना छ। ढकालका अनुसार, एसएसबीसँग समन्वय गर्दै नेपालतर्फको सीमा क्षेत्रलाई पनि सतर्क राखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय