spot_img

पार्टी कार्यालय घेराउ गरेरै भए पनि महाधिवेशन गराउँछौं : उपसभापति सिंह

spot_img
spot_img

जनकपुर,१८ कात्तिक । नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिका उपसभापति विरेन्द्र सिंहले पार्टी कार्यालय घेराउ गरेरै भए पनि महाधिवेशन अनिवार्य रूपमा गराउने दाबी गरेका छन्।

मंगलबार काठमाडौंको थापागाउँमा आयोजित विशेष भेलामा बोल्दै सिंहले केन्द्रीय समितिले महाधिवेशन घोषणा नगरेको खण्डमा आन्दोलन, अनशन र पार्टी कार्यालय घेराउजस्ता कदममा जान बाध्य हुने बताए।

उनका अनुसार, “देश–विदेशले कांग्रेसलाई हेरेको छ। महाधिवेशनले पार्टी सच्चिएको देखाउन जरुरी छ। जनताको अपेक्षा अनुसार आशा जगाउने नेतृत्व तयार पार्न महाधिवेशन अनिवार्य छ।”

सिंहले आगामी निर्वाचनअघि पार्टीको पुनर्संरचना आवश्यक रहेको भन्दै महाधिवेशनमार्फत कांग्रेसलाई सशक्त र जनप्रतिको भरोसिलो बनाउने उद्देश्य व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय