spot_img

जनकपुरधाम र चन्द्रपुरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त

spot_img
spot_img

जनकपुर,१८ कातिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनकपुरधामचन्द्रपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरू नियुक्त गरेको छ।

मन्त्रालयको नियमित सरुवा निर्णयअनुसार डा. श्रवणकुमार साहलाई जनकपुरधाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र मित्रलाल ढकाललाई चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको हो।

हालै सार्वजनिक सूचीअनुसार, उपसचिवदेखि खरिदारसम्म गरी ५० जना कर्मचारीको सरुवा गरिएको छ। यसमा १७ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा समावेश छ। मधेस प्रदेशका अन्य जिल्लाका केही स्थानीय तहका अधिकृतहरूको हेरफेर पनि गरिएको मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय