spot_img

धर्मेन्द्र कुमार मिश्र बाराका नयाँ सिडिओ, आजदेखि प्रशासनिक जिम्मेवारी सम्हाले

spot_img
spot_img

बारा,१८ कातिक। धर्मेन्द्र कुमार मिश्रले आजबाट जिल्ला प्रशासन कार्यालय बारामा नयाँ प्रमुख प्रशासकीय अधिकृत (सिडिओ)को रूपमा औपचारिक कार्यभार ग्रहण गरेका छन्।

मिश्र मंगलबार बिहानदेखि कार्यभार सम्हालेका हुन्। उनी यसअघि सुनसरीमा कार्यरत थिए भने गृह मन्त्रालयले ९ दिनअघि उनको सरुवा निर्णय गरेको थियो।

कार्यभार ग्रहणको अवसरमा कार्यालयमा विभिन्न सरोकारवालाहरू र कर्मचारीहरूले मिश्रलाई स्वागत गरेका थिए। सिडिओ मिश्रले आगामी दिनमा जिल्लामा सुशासन, प्रशासनिक सुधार र दक्ष सेवा प्रवाहमा जोड दिने बताए।

उनको कार्यभार ग्रहणसँगै बाराको प्रशासनिक कामकाजमा नयाँ गति र सक्रियता आउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय