spot_img

भीम रावललाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास अन्तिम चरणमा: प्रचण्ड

spot_img
spot_img

काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पनि एकता प्रक्रियामा समावेश गर्ने प्रयास अन्तिम चरणमा पुगेको बताएका छन्।

मंगलबार प्रज्ञाभवन, कमलादीमा महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ऐतिहासिक एकताको तयारीको जानकारी दिएका थिए। उनका अनुसार, “यो माओवादी केन्द्रको अन्तिम बैठक हो। भोलि ऐतिहासिक एकता हुनेछ। विगतमा टुटेका कडीहरू जोडिने छन्। भीम रावलजी पनि भोलि हुने एकतामा सामेल हुने चरणमा छन्।”

प्रचण्डले एकताले समाजवादी क्रान्तिको युगतिर अघि बढाउने पहल हुने विश्वास व्यक्त गरेका छन्।बुधबार माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य कम्युनिष्ट पार्टीहरूबीच ऐतिहासिक एकता कार्यक्रम हुने तयारी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय