जनकपुर,१८ कातिक । निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले जनकपुर–ढल्केवर सडक (सिक्स–लेन) अवरुद्ध गर्दै तेस्रो दिन लगातार प्रदर्शन जारी राखेका छन्।
स्वास्थ्यकर्मीहरू नेपाल सरकारले तोकेको तलबमानअनुसारको पारिश्रमिक पाउनुपर्ने र परिवारजनको निःशुल्क स्वास्थ्य उपचार, सुरक्षा तथा बिमा सुनिश्चित गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले सात बुँदे मागसहित विरोध प्रदर्शन गरिरहेका छन्।
स्वास्थ्यकर्मी रामविनय ठाकुरका अनुसार, जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराए पनि निजी अस्पतालहरूले सरकारको सिफारिस अनुसार तलब कार्यान्वयन नगरेकाले बाध्य भएर सडकमा प्रदर्शन गर्नुपरेको हो।




