spot_img

जनार्दन शर्मा नेतृत्वमा नयाँ अभियान ‘प्रगतिशील अभियान–नेपाल’ सुरु

spot_img
spot_img

काठमाडौं, १८ कात्तिक। नेकपा माओवादी केन्द्र विभाजित भएपछि पार्टीका केही वरिष्ठ नेताहरूले नयाँ राजनीतिक अभियान सुरु गरेका छन्।

पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेल लगायतले पार्टी छाडेर ‘प्रगतिशील अभियान, नेपाल’ नामक अभियान घोषणा गरेका हुन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा शर्माले बताएअनुसार, माओवादी केन्द्रको नेतृत्वमा दस वर्षे संघर्ष र पछिल्लो जेनजी आन्दोलनले उठाएका मागविपरीत निर्णय एवं क्रियाकलाप हुँदा उनीहरू पार्टीको मूल नेतृत्वसँग असहमत भएका थिए। शर्मा अनुसार, विगतका कमजोरी स्वीकार्दै अब नयाँ अभियानमार्फत विखण्डित वाम र प्रगतिशील शक्तिलाई एकीकृत समाजवादी आन्दोलनतर्फ अघि बढाउने प्रयास सुरु गरिएको छ।

शर्माले पत्रकार सम्मेलनमा भने, “विगतका कमजोरी स्वीकार्दै नयाँ अभियानका साथ अघि बढ्छौँ। यसले वैचारिक र राजनीतिक रुपान्तरणको दिशामा योगदान पुर्याउनेछ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय