Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

सप्तरीको कृषि सडकमा अनियमितता, अख्तियारले विशेष अदालतमा मुद्दा दायर

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सप्तरी, १८ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी महादेवा गाउँपालिका–२ मा निर्माण गरिएको कृषि सडक योजनामा अनियमितता पाइएको भन्दै संलग्न कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, महादेवा–२ कजौली क्षेत्रको दोमुहान डगरदेखि खाडो नदी पार हुँदै भिमबाँधसम्मको सडक निर्माणमा रकम दुरुपयोग र कागजी मिलावट भएको खुलेको छ। कृषि विकास निर्देशनालय धनुषाबाट आर्थिक वर्ष २०७७/७८ मा रु. २३ लाख ५२ हजार ८६९.६६ लागतको योजना स्वीकृत भए पनि तोकिएको समयमै काम सम्पन्न नभएको अवस्थामा पनि भुक्तानी गरिएको पाइएछ।

प्राविधिक नापजाँचमा किताबमा ४३७.४० घनमिटर देखिएका काममध्ये फिल्डमा मात्र २०३.१४ घनमिटर मात्रै भएको पुष्टि भएको छ। अतिरिक्त भुक्तानी रु. ६ लाख ९० हजारभन्दा बढी भएको अख्तियारले जनाएको छ। आयोगको प्रतिवेदनअनुसार ग्राभेल कार्य नदेखिनुका साथै बनेको सडकमा ‘वेयर एन्ड टियर’ अवस्था देखिएको थियो।

- Advertisement -

अख्तियारले प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीहरूले वास्तविकभन्दा बढी काम देखाएर रकम हिनामिना गरेको पाएको हुँदा भ्रष्टाचार निवारण ऐन अनुसार कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरिएको छ।

ताजा समाचार

थप समाचार