spot_img

सप्तरीको कृषि सडकमा अनियमितता, अख्तियारले विशेष अदालतमा मुद्दा दायर

spot_img
spot_img

सप्तरी, १८ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी महादेवा गाउँपालिका–२ मा निर्माण गरिएको कृषि सडक योजनामा अनियमितता पाइएको भन्दै संलग्न कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, महादेवा–२ कजौली क्षेत्रको दोमुहान डगरदेखि खाडो नदी पार हुँदै भिमबाँधसम्मको सडक निर्माणमा रकम दुरुपयोग र कागजी मिलावट भएको खुलेको छ। कृषि विकास निर्देशनालय धनुषाबाट आर्थिक वर्ष २०७७/७८ मा रु. २३ लाख ५२ हजार ८६९.६६ लागतको योजना स्वीकृत भए पनि तोकिएको समयमै काम सम्पन्न नभएको अवस्थामा पनि भुक्तानी गरिएको पाइएछ।

प्राविधिक नापजाँचमा किताबमा ४३७.४० घनमिटर देखिएका काममध्ये फिल्डमा मात्र २०३.१४ घनमिटर मात्रै भएको पुष्टि भएको छ। अतिरिक्त भुक्तानी रु. ६ लाख ९० हजारभन्दा बढी भएको अख्तियारले जनाएको छ। आयोगको प्रतिवेदनअनुसार ग्राभेल कार्य नदेखिनुका साथै बनेको सडकमा ‘वेयर एन्ड टियर’ अवस्था देखिएको थियो।

अख्तियारले प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीहरूले वास्तविकभन्दा बढी काम देखाएर रकम हिनामिना गरेको पाएको हुँदा भ्रष्टाचार निवारण ऐन अनुसार कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय