spot_img

जनकपुरधामको पिडारी चोकमा स्वास्थ्यकर्मीको चक्काजाम

spot_img
spot_img

जनकपुर, १८ कात्तिक । जनकपुरधामको पिडारी चोकमा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आज बिहान ११ बजेदेखि चक्काजाम गरेका छन्, जसले सवारी आवागमनमा समस्या सिर्जना गरेको छ।

स्वास्थ्यकर्मीहरू नेपाल सरकारको ऐनअनुसार तलब स्केल कार्यान्वयन, सुरक्षासम्बन्धी बीमा, हप्ताको ४२ घण्टा मात्र कार्य, परिवारजनको निःशुल्क उपचार, बिदा र भत्ता सुविधा, र तलब वृद्धिसहित सात बुँदे मागसहित चरणबद्ध आन्दोलनमा उत्रेका हुन्।

उनीहरूले चेतावनी दिएका छन् कि समयमै माग पूरा नभए अझ सशक्त आन्दोलन गर्न बाध्य हुनेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय