spot_img

झाडापखालाको प्रकोप रोक्न मुख्यमन्त्री सोनल सक्रिय

spot_img
spot_img

जनकपुर,१९ कातिक । मधेस प्रदेशका विभिन्न जिल्लामा झाडापखालाका बिरामी बढ्न थालेपछि मुख्यमन्त्री जितेन्द्र सोनलले सम्बन्धित निकायलाई तत्काल नियन्त्रणका उपायहरू अवलम्बन गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री सोनलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश सचिव, सप्तरीका प्रमुख जिल्ला अधिकारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरी र स्वास्थ्य कार्यालय सप्तरीका प्रमुखसँग प्रत्यक्ष भेटवार्ता र टेलिफोन संवाद गरी स्थिति बुझ्दै आवश्यक कदम चाल्न आदेश दिएका हुन्।

उनले संक्रमितको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, पर्याप्त औषधि, परीक्षण उपकरण र आवश्यक स्वास्थ्य सामग्री तुरुन्त उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिए।

मुख्यमन्त्री सोनलले प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकहरूलाई पनि आवश्यक स्रोत–साधन परिचालन गर्न र महामारी फैलिन नदिन व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रदेश सरकारले झाडापखालाको जोखिमलाई गम्भीर रूपमा लिँदै स्वास्थ्य विज्ञ टोली र जनशक्ति परिचालनका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय