spot_img

प्रहरी र व्यवसायीबीच पाँच बुँदे सम्झौता, घटनाको छानबिन हुने

spot_img
spot_img

जनकपुर,१९ कातिक । धनुषामा प्रहरी र व्यवसायीबीचको विवाद अन्त्य गर्दै मंगलबार साँझ पाँच बुँदे सम्झौता भएको छ। जनकपुर उद्योग वाणिज्य संघका प्रतिनिधि र तीनै तहका सुरक्षाकर्मीहरूको उपस्थितिमा जनकपुरधाममा सम्पन्न बैठकले सहमति गरेको हो।

गत असोज ३१ गते धनुषा प्रहरीले सुनचाँदी पसलमा अनधिकृत रूपमा छापा मारेपछि विवाद उत्पन्न भएको थियो। सो क्रममा प्रतिवादमा उत्रिएका व्यवसायीहरूमाथि बल प्रयोग हुँदा उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित केही व्यवसायी घाइते भएका थिए।

उक्त घटनापछि आक्रोशित व्यवसायीहरूले निरन्तर आन्दोलन गर्दै आएका थिए। मंगलबार पनि उनीहरूले दिउँसो १२ बजेसम्म पसल बन्द गरेर धनुषा प्रहरीको कारबाहीविरुद्ध प्रदर्शन गरेका थिए।

तर, साँझ भएको वार्तामा दुवै पक्षबीच सहमति जुटेको छ। सहमतिअनुसार घटनाबारे सम्बन्धित निकायले छानबिन गरी कानुन बमोजिम कारबाही अघि बढाइने र आन्दोलनरत व्यवसायीहरूले आजैदेखि आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय भएको हो।

वार्तामा सहभागी एक व्यवसायीका अनुसार, “हामीले न्यायसंगत छानबिन र दोषीमाथि कारबाहीको प्रतिबद्धता पाएपछि आन्दोलन स्थगित गरेका हौं।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय