spot_img

सिरहामा खैरो हिरोइनसहित एकजना पक्राउ

spot_img
spot_img

सिरहा,१९ कात्तिक । सिरहामा प्रहरीले लागु औषधसहित एक जनालाइ पक्राउ गरेको छ । जिल्लाको गोलबजार नगरपालिका–१० महाजन टोलमा मंगलबार साँझ लागुऔषध खैरो हिरोइनसहित एक युवकलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्ने युवकको नाम रुपेश सिंह (२०) रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी देखेपछि सिंह भाग्न खोज्दा नियन्त्रणमा लिइएको थियो। उनको शरीरको खानतलासी गर्दा दाहिने हातमा राखिएको सानो कालो प्लाष्टिकको पोका भित्र खैरो हिरोइन जस्तो लागुऔषध फेला परेको छ।

सो लागुऔषध तौल गर्दा प्लाष्टिकसहित २ ग्राम ६४० मिलिग्राम र प्लाष्टिकबिना २ ग्राम १३० मिलिग्राम रहेको छ । बरामद लागुऔषधसहित सिंहलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय