spot_img

कार्तिक पूर्णिमामा रौतहटका नदीघाटमा भक्तजनको भीड

spot_img
spot_img

रौतहट,१९ कात्तिक । कार्तिक पूर्णिमाको अवसरमा आज रौतहटका विभिन्न नदी–खोलामा स्नान गर्न जाने भक्तजनहरूको भीड देखिएको छ। बिहानैदेखि जिल्लाको पूर्वी भेगस्थित बागमती नदी, पश्चिमतर्फको लालबकैया नदी लगायतका खोलानालामा महिला–पुरुष, बालबालिका र वृद्धहरू स्नान गर्न जुटेका छन्।

पौराणिक विश्वास अनुसार कार्तिक पूर्णिमाको दिन नदीमा स्नान गरे पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ। त्यसैले बिहानैदेखि भक्तजनहरू फूल, धूप, दीप र अरू पूजा सामग्री लिएर नदी किनारमा पुगेका थिए।

स्नानपछि भक्तजनहरूले नदी किनारमै दीपदान र पूजा गरी परिवारको सुख, शान्ति र समृद्धिका लागि प्रार्थना गरेका छन्। सुरक्षाका दृष्टिले स्थानीय प्रहरी र स्वयंसेवकहरू पनि विभिन्न घाटहरूमा खटिएका छन्। रौतहटको बागमती, लालबकैया, चाँदी, झाँझ , लमहा, तरहारी, गुजरा, भकुवा खोला लगायतका तटीय क्षेत्रमा धार्मिक माहौल र भीडको चहलपहल बिहानैदेखि जारी छ।

स्थानीय बासिन्दाका अनुसार यस दिनको स्नान र पूजालाई देव दीपावली पनि भनिन्छ, जसले कार्तिक महिनाको अन्त्य र हेमन्त ऋतुको सुरुवात जनाउँछ। कार्तिक पूर्णिमाकै अवसरमा जिल्लाबाट दर्जनौँ धामी झाँक्रीले यहाँका सैयौं महिला पुरुषलाई लिएर कमला नदी स्नानको लागी मंगलवार प्रस्थान गरेका थिए।

आजको दिन कमला नदीमा सर्वसाधारणले स्थान गरेमा भूत प्रेत हट्ने र धामी झाँक्रीले स्नान गरेमा उनलाई थप शक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। कमला नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भूत मेला लाग्ने गर्दछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय