Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

पिप्रामा सुरु भयो ऐतिहासिक पाँचदिने मेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१९ कात्तिक । बहुदरमाई नगरपालिका–५, पिप्रामा आजदेखि ऐतिहासिक पाँचदिने मेला विधिवत रूपमा सुरु भएको छ। कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्ने यो मेला मधेशको पुरानो सांस्कृतिक र धार्मिक परम्परासँग जोडिएको मानिन्छ।

मेलाको शुभारम्भ स्थानीय मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गरी गरिएको हो। पाँच दिनसम्म चल्ने यस मेलामा कुस्ती प्रतियोगिता, लोकनृत्य, गीत–संगीतका कार्यक्रम, विभिन्न मनोरञ्जनका साधन र धार्मिक झाँकीहरू प्रमुख आकर्षणका रूपमा रहेका छन्। बहुदरमाई नगरपालिकाले मेलाको सुरक्षाका लागि पर्याप्त प्रहरी परिचालन, सरसफाइ र यातायात व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ।

मेला अवलोकन गर्न पर्सा, बारा, रौतहट लगायतका जिल्लाबाट हरेक वर्ष हजारौँको संख्यामा भक्तजन र दर्शक आउने गर्छन्। स्थानीय बासिन्दाका अनुसार पिप्राको यो ऐतिहासिक मेला धार्मिक श्रद्धा, सांस्कृतिक एकता र समुदायबीचको सहकार्यको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

ताजा समाचार

थप समाचार