Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

कार्की नियुक्तिविरुद्धको रिट आज संवैधानिक इजलासमा पेसी तोकियाे

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ कात्तिक । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको कदमविरुद्ध दायर भएको रिट निवेदनमा आज संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीको संवैधानिक इजलासमा सुनुवाइका लागि उक्त रिटको पेसी तोकिएको हो । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि संविधानको सीमा बाहिर गएर पूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गरेको दाबी गरिएको छ, जसले गर्दा संविधानको धारा ७६ र १३२ (२) को ठाडो उल्लङ्घन भएको जिकिर छ ।

रिट निवेदकले पूर्व प्रधानन्यायाधीश संवैधानिक रूपमा प्रधानमन्त्री बन्न नमिल्ने भन्दै राष्ट्रपतिले संविधानको पालना नगरेको आरोप लगाएका छन्, साथै यो अवस्थामा नेपाली सेना लगायत राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखसमेत जिम्मेवार रहेको भन्दै उनीहरूलाई विपक्षी बनाइएको छ ।

- Advertisement -

रिटमा राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउने अधिकार संविधानले नदिएको र धारा ३०५ मा दिइएको अधिकारको समयावधि पहिल्यै समाप्त भइसकेको अवस्थामा आवश्यकताको सिद्धान्तको सहारा लिन नमिल्ने अडान राखिएको छ।

ताजा समाचार

थप समाचार