spot_img

“बिनासर्त एमालेमै फर्कने तयारी” : किसान श्रेष्ठ

spot_img
spot_img

काठमाडौँ,१९ कातिक । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आफू र आफ्ना सहकर्मीहरू बिना कुनै सर्त नेकपा (एमाले)मा फर्कने मनसाय रहेको स्पष्ट गरेका छन्। बुधबार काठमाडौँमा नेतृ रामकुमारी झाँक्रीसहित आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले चार वर्षअघि गरेको निर्णय गल्ती भएको स्वीकार गर्दै “पुरानै घर” फर्किन सहज वातावरण मिलाइदिन एमाले नेतृत्वलाई आग्रह गरे।

“हामी बिनासर्त एमालेमा फर्कन चाहन्छौँ,” श्रेष्ठले भने, “चार वर्षअघि जानेर–नजानेर एमालेबाट अलग भएर एकीकृत समाजवादी बनाएका थियौँ, अब सबै कुरा भुल्दै घर फर्कनेबारे गम्भीर छलफलमा छौँ।”

‘पद वा सर्त होइन, केवल सम्मान चाहिएको छ’ श्रेष्ठका अनुसार आफूहरूले एमालेसँग हुने वार्तामा कुनै पद, भागबण्डा वा सशर्त अपेक्षा नराखेको बताए। “हामीलाई पद चाहिएको छैन,” उनले स्पष्ट पारे, “घर फर्किँदा हाँसेर स्वागत र सम्मानजनक व्यवहार मिले पुग्छ।”

नेकपा (एस) भित्र अहिले दुई धार देखिँदै आएको अवस्थामा श्रेष्ठले कसैप्रति कटाक्ष नगर्ने र गाली–गलौजको राजनीति आफूहरूले नअपनाउने बताए। अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रक्रियालाई उनले शुभकामना दिए भने, महासचिव पक्षले नयाँ पार्टी गठन गर्दै गरेको तयारीलाई पनि शुभकामना व्यक्त गरे।

श्रेष्ठले ४ वर्षअघि एमालेबाट बाहिरिँदा भावनात्मक निर्णय भएको स्वीकार गर्दै अब त्यो अध्याय समाप्त गर्न चाहेको जनाए।
“जानेर–नजानेर गल्ती भएको थियो,” उनले भने, “अब त्यो सबै भुलेर एमालेमै फर्किन मार्ग सुगम गरिदिन नेतृत्वसँग अनुरोध छ।”

श्रेष्ठले देशभरका कार्यकर्तालाई पनि “घर फर्कने अभियान”मा सहभागी हुन आह्वान गरे।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय