spot_img

ओरालो लागेकाको एकताले देशलाई निकास दिँदैन : घनश्याम भूसाल

spot_img
spot_img

काठमाडौं,१९ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले पार्टीले अघि बढाइरहेको एकता प्रक्रियाले सकारात्मक परिणाम नदिने दाबी गरेका छन्। उनले जनसमर्थन गुमाउँदै गएका राजनीतिक शक्तिहरू मिलेर बनाइने गठबन्धनले देश वा पार्टी दुवैलाई समाधान दिन नसक्ने ठोकुवा गरे।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूसालले आफ्नो पार्टीले नेकपा (माओवादी केन्द्र)सँग गर्न लागेको एकताप्रति कडा आपत्ति जनाए।“ओरालो लागेकाहरू मिलेर उकालो लागिन्छ भन्ने भ्रम फिजाइएको छ,” उनले भने, “यस्तो एकताले न निकास दिन्छ, न जनताको विश्वास जित्छ।”“समाजवादको जिम्मा लिने भनेर छुट्टिएका हौं, आज कहाँ पुग्यौं?”

भूसालले एमाले विभाजनपछि एकीकृत समाजवादी गठन हुँदा ‘समाजवादको जिम्मा लिनुपर्छ’ भनेर अघि बढेको कुरा स्मरण गराउँदै अहिले त्यो वैचारिक लक्ष्य हराएको आरोप लगाए।“हामीले पार्टी बनाउँदा ठूलो उद्देश्य बोकेका थियौं,” उनले प्रश्न उचाले, “आज त्यो लक्ष्य कहाँ छ? त्यसबारे समीक्षासमेत नगरी फेरि त्यही ठाउँमा फर्किन खोज्नु अर्थहीन छ।”

‘एकताका नाममा जनतालाई धोका’उनले तयारी भइरहेको एकता खाकालाई कमजोर, दिशाहीन र जनताको अपेक्षाविपरीत रहेको बताए।“एकताका लागि तयार गरिएको दस्तावेज पढेँ,” भूसालले भने, “देशमा आएको व्यापक परिवर्तन, दबाब र जनभावनालाई समेट्नै खोजिएको छैन। यस्तो एकता जनतालाई झुक्याउने मात्रै हुन्छ।”

भूसालले पार्टी नेतृत्वलाई बिना समीक्षा अनि बिना वैचारिक स्पष्टता भएको एकताले झुटो आशा मात्रै दिने चेतावनी दिए।
उनको भनाइमा, संकटमोचन राजनीतिक सूत्र गलत तरिकाले अघि बढाइएको छ,भूसालको यो अभिव्यक्तिसँगै एकीकृत समाजवादीभित्रको मतभेद अझ खुल्दै गएको संकेत देखा परेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय