Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...

शेख हसिनाको मुद्दा १७...

काठमाडाैं,२७ कातिक । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (ICT–1) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना...

सुनको मूल्य साढे दुई...

काठमाडौँ,२७ कात्तिक । बुधबारको तुलनामा आज सुनको मूल्य प्रति तोला ५ हजार ९००...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

रास्वपा सभापति रवि लामिछाने आज सोधपुछका लागि सिंहदरबार लैजाँदै

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि उपस्थित गराइँदैछ। आयोगले २४ भदौमा लामिछाने कारागारबाहिर निस्किएको घटनाबारे प्रत्यक्ष स्पष्टीकरण लिन लागेको हो।

गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको जाँचबुझ आयोगले बुधबारका लागि लामिछानेलाई बयानमा बोलाएको छ। उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराई सोधपुछ प्रक्रिया अघि बढाइने बताइएको छ।

सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्। तर २४ भदौमा सुरक्षा कारण देखाइ अन्य कैदीबन्दीसँगै कारागार बाहिर निस्किएको घटना सार्वजनिक भएपछि कारागार प्रशासनले जारी गरेको पत्रको वैधता विवादमा आएको थियो। त्यही विषयमा शंका पैदा भएपछि लामिछाने पुनः कारागार फर्किएका थिए।

- Advertisement -

आयोगले सोमबार घटनास्थलमै पुगेर नख्खु कारागारको निरीक्षण गरेको थियो। सोही क्रममा आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।

आज हुने सोधपछपछि आयोगले उक्त घटनासम्बन्धी प्रारम्भिक निष्कर्ष तयार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

ताजा समाचार

थप समाचार