spot_img

रास्वपा सभापति रवि लामिछाने आज सोधपुछका लागि सिंहदरबार लैजाँदै

spot_img
spot_img

काठमाडौं,१९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि उपस्थित गराइँदैछ। आयोगले २४ भदौमा लामिछाने कारागारबाहिर निस्किएको घटनाबारे प्रत्यक्ष स्पष्टीकरण लिन लागेको हो।

गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको जाँचबुझ आयोगले बुधबारका लागि लामिछानेलाई बयानमा बोलाएको छ। उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराई सोधपुछ प्रक्रिया अघि बढाइने बताइएको छ।

सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्। तर २४ भदौमा सुरक्षा कारण देखाइ अन्य कैदीबन्दीसँगै कारागार बाहिर निस्किएको घटना सार्वजनिक भएपछि कारागार प्रशासनले जारी गरेको पत्रको वैधता विवादमा आएको थियो। त्यही विषयमा शंका पैदा भएपछि लामिछाने पुनः कारागार फर्किएका थिए।

आयोगले सोमबार घटनास्थलमै पुगेर नख्खु कारागारको निरीक्षण गरेको थियो। सोही क्रममा आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।

आज हुने सोधपछपछि आयोगले उक्त घटनासम्बन्धी प्रारम्भिक निष्कर्ष तयार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय