spot_img

मधेश सरकार विश्वासको मतका लागि तयारीमा, मुख्यमन्त्री सोनलको प्रदेश सभामा पत्र

spot_img
spot_img

जनकपुर,१९ कातिक । मधेश प्रदेश सरकार अब विश्वासको मत परीक्षणतर्फ अघि बढ्ने भएको छ। मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आफ्नो नेतृत्वको सरकारप्रतिको समर्थन सुनिश्चित गर्न प्रदेश सभामा विश्वासको मत लिने प्रक्रिया सुरू गर्न औपचारिक पहल गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश सभा सचिवालयलाई पठाइएकाे पत्रमा आउँदो कात्तिक २२ गते विश्वासको मतको कार्यसूची राख्न अनुरोध गरिएको छ। संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार कदम चालिएको पत्रमा उल्लेख छ।

पत्र प्रदेश सभा सचिवलाई सम्बोधन गरिएको छ भने यसको प्रतिलिपि प्रदेश सभा प्रमुखलाई समेत पठाइएको छ।

हाल प्रदेशसभामा राजनीतिक समीकरण बदलिँदै गएको, गठबन्धनमा फेरबदलका सम्भावना देखिन थालेपछि मुख्यमन्त्री सोनलले सरकारको बहुमत परीक्षण गर्ने तयारी गरेका हुन्। विश्वासको मत सफलतापूर्वक पारित भएमा सोनल नेतृत्वको सरकार निरन्तरता पाउनेछ, अन्यथा नयाँ राजनीतिक गणित प्रारम्भ हुने अनुमान गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय