spot_img

ठाकुर राम क्याम्पसमा स्नातक दोस्रो वर्षको भर्ना प्रक्रिया शुक्रबारदेखि सुरु

spot_img
spot_img

बीरगन्ज,१९ कातिक । त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसले स्नातक तह दोस्रो वर्षका विद्यार्थीका लागि भर्ना प्रक्रिया सुरु गर्ने मिति तोकेको छ।

क्याम्पसले बीबीएस, बीएड, बीएस्सी र बीए कार्यक्रम अन्तर्गत सत्र २०८१ का विद्यार्थीलाई लक्षित गर्दै भर्ना सूचना प्रकाशित गरेको हो।

क्याम्पस सहायक प्रमुख कुमार सच्चिदानन्द सिंहद्वारा हस्ताक्षरित सूचनामा भर्ना प्रक्रिया कार्तिक २१ गतेदेखि सुरु भई अर्को सूचना नआएसम्म निरन्तर जारी रहने उल्लेख छ।

क्याम्पस प्रशासनले सम्बन्धित विद्यार्थीहरूलाई तोकिएको मितिभित्र भर्ना प्रक्रिया समयमै पूरा गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय