spot_img

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

spot_img
spot_img

काठमाडौँ,१९ कातिक । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन बुधवार काठमाडौँमा सुरु भएको छ। पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) अन्तर्गत एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सम्मेलनमा सहभागी छन्।

सम्मेलनको औपचारिक उद्घाटन पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका हुन्। सम्मेलनमा नेताहरूले संयुक्त संबोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिए।

सम्मेलनको एजेन्डामा मुख्य रूपमा पार्टी विधान पारित गर्ने, केन्द्रीय कमिटी गठन गर्ने, र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने कार्यहरू रहेका छन्।

यो सम्मेलनले देशभरका एकीकृत कम्युनिस्ट पार्टीहरूको राजनीतिक संरचना थप मजबुत बनाउने र आगामी चुनाव तथा पार्टी कार्यकारिणीको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय