spot_img

वामपन्थी हुनु भनेको प्रगतिशील हुनु हो” : सन्तोष परियार

spot_img
spot_img

काठमाडौँ,१९ कातिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले वामपन्थी विचारधाराको अर्थ र त्यसको सामाजिक भूमिकाबारे स्पष्ट पारेका छन्। उनले वामपन्थी विचारलाई सामाजिक न्याय, समावेशिता र समानतामा केन्द्रित राजनीतिक धारको रूपमा व्याख्या गरेका छन्।

परियारले फेसबुक पोस्टमार्फत वामपन्थी विचारधाराले गरिब, सीमान्तकृत र पिछडिएका समुदायहरूको पक्षमा नीतिगत सुधार गर्न जोड दिने बताए। उनले वामपन्थीको छाताभित्र कम्युनिस्ट मात्रै नभई समाजवादी, सामाजिक लोकतन्त्रवादी, प्रगतिशील, मजदुर तथा श्रम अधिकारकर्मी र वातावरण न्यायका अभियन्ताहरू पनि पर्ने बताएका छन्।
उनले निष्कर्षमा भनेका छन्,

“वामपन्थी हुनु भनेको प्रगतिशील हुनु हो, समतामा विश्वास गर्नु हो, न्यायसङ्गत राज्य निर्माण गर्नु हो। ऐतिहासिक रूपमा उत्पीडितहरूलाई न्याय दिलाउनु हो र राज्यलाई मान्छेको हितमा पूर्ण रूपमा तयार बनाउनु हो।”

परियारको यो व्याख्यानले वामपन्थी विचारधाराको विस्तृत र समावेशी स्वरूप प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ, जसले सामाजिक न्याय र समानताको सन्देशलाई जोड दिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय