spot_img

फरमुल्लाह मन्सुर भन्छन्: चुनावमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाऔं

spot_img
spot_img

काठमाडौँ,१९ कातिक । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीको आगामी चुनावमा गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्।

बुधबार केन्द्रीय समितिको बैठकमा बोल्दै मन्सुरले जनताको चाहना र नेताको प्रभावलाई मूल्यांकन गर्दै गगन थापालाई प्रधानमन्त्रीको फेस बनाउने आवश्यकता औँल्याए। उनले भने,“जसको प्रभाव छ, त्यसलाई मूल्यांकन गरेर नयाँ निर्णय गरौं। संघीय निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट ‘प्रधानमन्त्री गगन’ भनेर चुनावमा जाऔं। म कुरा लुकाएर हिँड्ने मान्छे होइन। आम जनताको निष्कर्ष अनुसार गगनकुमार थापालाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाउनु उचित हुन्छ।”

मन्सुरले महाधिवेशन प्रतिनिधिहरूको ५४ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशनको सम्भावना सिर्जना भएको बताए।
“यसकारण आगामी चुनावमा गगन थापा हाम्रो पार्टीको प्रधानमन्त्री फेस हुन्। कांग्रेसले नीति र कार्यक्रम तयार पारेर नयाँ नेतृत्वको रूपमा चुनाव अगाडि बढाउनुपर्छ,” उनले जोड दिए।

सहमहामन्त्री मन्सुरले यसैगरी संस्थापन पक्षले ल्याएको महाधिवेशन कार्यतालिकाप्रति समर्थन नरहेको स्पष्ट पार्दै नयाँ रणनीतिको पक्षमा आफू रहेको जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय