spot_img

बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

spot_img
spot_img

काठमाडौं,१९ कातिक । बहुविवाहसम्बन्धी मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको छ।

शेर्पालाई बुधबार फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, अदालतले कारागार चलानको पत्र जारी गरेपछि उनी डिल्लीबजार कारागार पठाइएका हुन्।

शेर्पा मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए। अदालतले उनलाई बहुविवाह मुद्दामा १ वर्ष जेल सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

यो मुद्दाबारे एमाले सचिवालयको पूर्व बैठकमा पनि चर्चा भएको थियो। सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनका कारण निलम्बन गर्नुपर्ने सुझाव दिएका थिए। तर अध्यक्ष केपी शर्मा ओलीले विषयलाई सामान्य ठहर गर्दै निलम्बन नगर्ने निर्णय गरेका थिए।

पासाङ शेर्पा पहिले डा. बाबुराम भट्टराईको पार्टीमा आवद्ध थिए र पछि माओवादी केन्द्र हुँदै एमालेमा फर्केका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय