spot_img

रवि लामिछानेलाई भेट्न पत्नी निकिता पुगिन् सिंहदरबार

spot_img
spot_img

काठमाडौँ,१९ कातिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि सिंहदरबार पुगेसँगै उनकी पत्नी निकिता पौडेल पनि त्यहाँ पुगेकी छन्।

बुधबार अपराह्न नख्खु कारागारबाट सिंहदरबार लगिएका लामिछानेलाई जेनजी प्रदर्शनबारे दमन अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको थियो। सोही क्रममा उनले बयान दिएका थिए र आयोगमा भेट्न निकिता पुगिन्।

लामिछाने भदौ २४ मा कारागारबाट रिहा भएका थिए। आयोगले यसअघि सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग पनि बयान लिइसकेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय