Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

जेनजी प्रदर्शनपछि प्रहरीको ९८ हजार राउण्ड गोली हराएको आन्तरिक प्रतिवेदन सार्वजनिक

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ कातिक । जेनजी प्रदर्शनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट भएको प्रहरीको आन्तरिक छानबिन निष्कर्ष छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा हराएका र लुटिएका कारण ९८ हजार भन्दा धेरै धातुको गोली ९जङ्ग्री राउण्ड० रेकर्डमा नभेटिएको डीआईजी नेतृत्वको आन्तरिक छानबिन समितिले रिपोर्ट बुझाएको छ । प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले आन्तरिक प्रतिवेदन आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाएको छ ।

काठमाडौं उपत्यकाबाट मात्रै करिब ६ सय राउण्ड गोली हराएको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । आन्दोलनकारीले डमी राउण्ड पनि लुटेर लगेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । आन्दोलनकारीलाई भगाउन प्रयोग गरिने ‘डमी राउण्ड’ करिब २ हजार २ सय रेकर्डमा नभेटिएको हो । त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट हराएको विवरण संकलन गरिएको छ । लुटपाट र मिसिङ हुँदा अश्रुग्याँस सेल २ हजार ८ सय वटा रेकर्डमा फेला परेको छैन ।

- Advertisement -

म्याग्जिन (गोली राख्ने भाँडो) १७ सय थान हराएको छ । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउण्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउण्ड ४ हजार र २५ सय राउण्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । एकजना उच्च प्रहरी अधिकृतका अनुसार बानेश्वरसहित देशभर २५ सय राउण्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको छ । प्रदर्शनकारी भगाउन २५ सय भन्दा धेरै ब्ल्याङ्क राउन्ड फायर गरेको भेटिएको छ । ब्ल्याङ्क राउन्ड प्रहार गर्दा आवाज मात्र आउँछ ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको अन्तरिक प्रतिवेदनमा उल्लेख छ । ३५ सय गोली बरामद जेनजी प्रदर्शनपछि स्थिति सामान्य भएसँगै प्रहरीले हराएका र लुटपाट भएका करिब ३५ सय राउण्ड गोली बरामद गरेको छ ।

काठमाडौं उपत्यका र प्रदेशका युनिटहरुबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउण्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । प्रदर्शन स्थलमा हराएको र युनिटहरुबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ ।

प्रदर्शनमा करिब १२ सय थान हतियार हराएको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । हराएको ७ सय ४७ थान हतियार भेटिएको प्रहरीका एक उच्च अधिकृतले  बताए । ती प्रहरी अधिकृतका अनुसार प्रहरीको ४५३ थान हतियार अझै बाहिर छ ।

ताजा समाचार

थप समाचार