Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

संसद् पुनःस्थापनामा जोड दिँदै पनि एमाले चुनावबाट भाग्दैन: विष्णु पौडेल

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल,१९ कातिक । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेले संसद् पुनःस्थापनामा जोड दिए पनि चुनावबाट नभाग्ने बताएका छन्। तर, सरकारले चुनावको तयारी, सुरक्षा व्यवस्था र दलहरूबीच विश्वासको वातावरण तयार गर्नुपर्ने बताएका छन्।

‘जेन–जी’ प्रदर्शनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका पौडेलले बुधबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेको आग्रह चुनावको वातावरण तयार गर्नु नै रहेको बताए। ‘एमाले कुनै पनि अवस्थामा चुनावबाट भाग्दैन र भाग्ने पार्टी होइन,’ उनले भने, ‘तर, त्यसका लागि भरपर्दो र विश्वासको वातावरण तयार गर्नुपर्छ।’ उनले सरकारले निर्वाचनको तयारी नगरेकाले एमालेले संसद् पुनःस्थापनामा जोड दिएको बताए।

नेता पौडेलले अहिलेको निकास संसद् पुनःस्थापनाबाटै हुने र त्यसपछि संविधानअनुसार अघि बढ्नुपर्ने बताए । ुत्यसको नेतृत्व एमालेले गर्नुपर्छ भन्ने होइन भन्ने प्रस्ट्याए। उनले अहिलेको सरकार संविधानभन्दा बाहिर रहेको र यसले निर्वाचन गराउनै सक्दैन । पुनःस्थापन भनेर एमालेले चुनाव बहिष्कार भनेको होइन,’ उनले थपे, ‘यो सरकारले नै चुनाव चाहेको छैन। फागुनमा हुने भनिएको चुनावको अहिलेसम्म कुनै तयारी छैन। हाम्रो दल चुनाव निश्चित हुनासाथ चुनावी तयारीमा लाग्छ।’ उनले राजनीतिक दलमाथि प्रतिशोध गरेर निर्वाचन हुनै नसक्ने बताए।

- Advertisement -

नेता पौडेलका अनुसार आन्दोलनका क्रममा एमालेमाथि भएको आक्रमण, राष्ट्रिय सम्पत्तिको नोक्सानी र अन्य शक्तिको चलखेलका बारेमा जनतालाई बुझाउन जरुरी छ। त्यो अभियानको सन्देश लुम्बिनीबाट दिनुपर्ने पनि उनले जनाए। राजाले कु गरेको समयमा देशभर मान्छे सडकमा नआएको बेला लुम्बिनीमा, विशेष गरी बुटवलमा, एमालेले गरेको विशाल प्रदर्शन ऐतिहासिक भएको उनले स्मरण गरे। ‘कार्यक्रममा आउनेलाई सबैतिरबाट रोक्दा पनि सहभागिताको त्यो अवस्था थियो,’ उनले भने, ‘अब पनि त्यसरी नै लाग्नुपर्छ।’

नेता पौडेलले एमालेको ११औँ महाधिवेशन सहमति र एकताको अधिवेशन हुने बताए। उनले मंसिर २७ देखि हुने अधिवेशनलाई चमत्कारिक, सहमति र एकताको अधिवेशन हुने दाबी गरे। ‘पदाधिकारीमा चुनाव हुँदैन, सर्वसम्मत नै हुन्छ,’ उनले भने, ‘सदस्यमा मात्र चुनाव गराउने हाम्रो प्रयास र तयारी छ। चुनाव भए पनि त्यो स्वस्थ र रचनात्मक प्रतिस्पर्धा हुनेछ।’

ताजा समाचार

थप समाचार