Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एकता सभामा सहभागी : झलनाथ खनाल

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१९ कातिक । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि बल पुर्‍याउन एकता सभामा आएको बताएका छन् ।

बुधबार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० दलको एकता सभामा बोल्दै खनालले विगतको गल्ती समीक्षा गरेर अगाडि बढ्न नेतृत्वलाई सचेत गराए । ‘कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौँ ।

कम्युनिस्ट पार्टीमा केही केही चिज पसेको छ । त्यसले कम्युनिस्ट पार्टीले फुटाएको छ । त्यसमा ध्यान दिएर अगाडि बढाउनुपर्छ’, उनले भने, ‘म ढिलोगरी आएको हुँ । मैले प्रचण्डसँग भनिसकेको छु । उहाँले हुन्छ सम्बोधन गर्छु भनेका छन् । त्यही विश्वास लिएर आफ्नो केहि विमति भएपनि आएको हुँ । कम्युनिस्ट एकतालाई बलियो बनाउन आएको हो ।’

- Advertisement -

नेतृत्वमा भएको कमजोरीका कारण आसालाग्दो पार्टी विभाजन भयो उनले बताए । खनालले भने,‘नेतृत्व पंक्तिमा समस्या छ । के कारणले यस्तो भयो रु सबैले आत्मसमीक्षा गर्नु आवश्यक छ । हिजोको गल्ती सच्याउन सकिएन भने फेरि पनि त्यही अवस्था आउँछ ।’

कार्यक्रममा गत भदौ २३ गते जेनजीहरूले गरेको आन्दोलन जायज भएपनि नयाँबानेश्वर पुगेपछि चन्ड मुसन्डले हाइज्याक गरेको खनालले आरोप लगाए । देशी विदेशी प्रतिक्रियावादीहरूको अन्त्यका लागि नयाँ धारबाट क्रान्ति गर्नुपर्ने उनले बताए ।

ताजा समाचार

थप समाचार