spot_img

क्रान्तिका नायक प्रचण्ड हुन् : महिन्द्र राय यादव

spot_img
spot_img

काठमाडौँ,१९ कातिक । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले नेपाली क्रान्तिको प्रमुख नायक प्रचण्ड भएको बताएका छन्।

बुधबार भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा सभामा बोल्दै यादवले मुलुकको राजनीतिक निकास निकाल्ने विश्वास व्यक्त गरे।

यादवले भने, “क्रान्तिको नायक प्रचण्ड हुन्। मैले विश्वास लिएर माओवादीको चुनाव चिन्हमा चुनाव लडेँ। जेनजी आन्दोलनमा म प्रचण्ड र माधवसँगै थिएँ। मैले एमाले वा कांग्रेस देखिनँ, मैले प्रचण्ड र माधवलाई देखेँ।” उनले थपे, “उहाँहरूले बिहान चार बजेसम्म सक्रिय भएर समाधान खोज्नुभयो। उहाँको काँधमा धेरै जिम्मेवारी छ र त्यसको निकास निकाल्ने विश्वास मलाई छ।”

यादवका अनुसार, नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो चुनौती आन्तरिक लोकतन्त्रको कमजोरी हो। उनले पार्टी एकतापछि आन्तरिक लोकतन्त्र बलियो बनाउने र सबै प्रकारको विभेद अन्त्य गर्नेमा विश्वास व्यक्त गरे।

त्यसैगरी, यादवले प्रचण्डले माओवादी त्यागेर आएका कदमप्रति खुशी व्यक्त गरेका छन् र एकताको माध्यमबाट पार्टीहरूबीच सहकार्य र स्थायित्वमा जोड दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय