spot_img

जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु, दुई दिनसम्म चल्ने

spot_img
spot_img

ललितपुर,१९ कातिक । जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठक आजदेखि थसी ब्याङ्क्वेट, ललितपुरमा भव्य रूपमा प्रारम्भ भएको छ।

दुई दिनसम्म चल्ने बैठक कार्तिक १९ र २० गतेसम्म सञ्चालन हुनेछ। बैठकमा पार्टीका शीर्ष नेतातो, केन्द्रीय पदाधिकारीहरू, विभिन्न प्रदेशका प्रतिनिधि तथा केन्द्रीय सदस्यहरूको सक्रिय सहभागिता रहेको छ।

बैठकमा पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी नीति–रणनीतिका विषयमा गहन छलफल हुने जनाइएको छ।

पार्टीका स्रोतका अनुसार, बैठकले संगठनात्मक विस्तार, आगामी निर्वाचनको तयारी तथा राष्ट्रिय राजनीति सुदृढ पार्ने रणनीति सम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय