spot_img

मधेश प्रदेश सभाले शनिबार मुख्यमन्त्री सोनलको विश्वासको मत लिने बैठक बोलायो

spot_img
spot_img

जनकपुर,१९ कात्तिक। मधेश प्रदेश सभाले यही शनिवार मुख्यमन्त्री जितेन्द्र सोनलको विश्वासको मत सम्बन्धी गृह कार्य अगाडि बढाएको छ। मुख्यमन्त्री सोनलले विश्वासको मत लिने बारे लिखित पत्र दर्ता गराएपछि प्रदेश सभाले यसका लागि आवश्यक तयारी सुरु गरेको हो।

प्रदेश सभाले शनिवार दिउँसो १ बजे सोनलको विश्वासको मत लिने बारे आज सूचना सार्वजनिक गरेको छ। उक्त सूचनामा भनिएको छ -नेपालको संविधानको धारा १६८ (७) बमोजिम कार्तिक २२ गते (शनिबार) प्रदेश सभामा मुख्यमन्त्रीबाट विश्वासको मत लिने बैठक बस्ने तय गरिएको छ।

प्रदेश सभाका सचिवले जारी गरेको सूचनामा सम्पूर्ण सदस्य तथा सरोकारवालालाई विश्वासको मत सम्बन्धी कार्यसूचीबारे जानकारीका लागि प्रकाशन गरिएको जानकारी दिइएको छ। मुख्यमन्त्री सोनल हालै गठन गरेको मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय