Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

बीरगन्जको दशगज्जाबाट नलकटुवा पेस्तोलसहित दुई युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 बीरगन्ज,१९ कात्तिक । सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्ज–भारत सीमा क्षेत्र (दशगज्जा)बाट एक थान नलकटुवा पेस्तोलसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ का २८ वर्षीय संजय साह कलवार र वीरगञ्ज महानगरपालिका–५ कुम्हालटोलका २२ वर्षीय सुमित कुमार मण्डल छन्।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त गस्ती टोलीले बुधबार साँझ वीरगञ्ज–१९ इनर्वास्थित सीमा पिलर नम्बर ३९०–२२ नजिक उनीहरूलाई पक्राउ गरेको हो।

गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीका अनुसार टोलीले झ्याँग क्षेत्रमा लागूपदार्थ सेवन गरिरहेको अवस्थामा दुवै युवकलाई भेटिएको थियो। तलासीका क्रममा नजिकै रहेको प्लास्टिकको बोरा भित्र लुकाएर राखिएको नलकटुवा पेस्तोल फेला परेको उनले बताए।

“सिर्सिया खोलाको रीतबाट दक्षिणतर्फ नियमित गस्तीका क्रममा झ्याँगमा बसेका युवाहरू शंकास्पद देखिएपछि चेकजाँच गर्दा हतियार बरामद गरिएको हो,” डीएसपी भण्डारीले बताए।

पक्राउ परेका संजय साह कलवारको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ। सुमित मण्डललाई भने बरामद हतियारसहित पर्सा जिल्ला प्रहरी कार्यालयमा बुझाइएकाे छ।

यसैबीच, सुमित मण्डलले आरोप अस्वीकार गर्दै बरामद हतियार आफूहरूको नभएको दाबी गरेका छन्। उनका अनुसार, “हामी झ्याँगमा बसेर लागूपदार्थ सेवन गरिरहेका बेला प्रहरी आए। नजिकैको बोराबाट हतियार निकालेर त्यसको दोष हामीलाई लगाइएको हो।”

सशस्त्र प्रहरीका अनुसार नेपाल–भारत सीमामा अवैध हतियार, लागूपदार्थ तथा अन्य गैरकानुनी क्रियाकलाप रोक्न संयुक्त गस्ती प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ।

ताजा समाचार

थप समाचार