spot_img

राजीनामा विवादले अग्निसाइर कृष्णासवरन गाउँपालिकामा तनाब

spot_img
spot_img

सप्तरी,२० कातिक । सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिकामा अध्यक्ष दिनानाथ चौधरीको राजीनामा सम्बन्धी विषयले स्थानीय तहको नेतृत्व दुई धारमा उभिएको छ। अध्यक्ष चौधरीले आफ्नो नाममा सार्वजनिक गरिएको राजीनामा पत्र किर्ते भएको आरोप लगाउँदै उपाध्यक्ष कल्पना चौधरीमाथि राजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन्।

अध्यक्ष चौधरीका अनुसार आफूले कुनै पनि अवस्थामा राजीनामा नदिएको र उपाध्यक्षले जालसाजीमार्फत फर्जी दस्तावेज तयार गरी आफ्नो पद लक्षित षड्यन्त्र गरेको दाबी गरेका छन्। उनले यस विषयमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनी पनि दिएका छन्।

उता उपाध्यक्ष कल्पना चौधरीले भने अध्यक्षले स्वइच्छाले राजीनामा बुझाएको र आफूले सोही पत्र अनुसार अगाडि बढेको प्रतिक्रिया दिएकी छन्। राजीनामाको विषय सार्वजनिक भएपछि दुवै पदाधिकारीबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ।

यसअघि गाउँपालिका अध्यक्ष चौधरीको वडाध्यक्षसँग ‘खुट्टा मालिस’ गरिरहेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो। सो घटनापछि बढेको विवादको बीचमा नै राजीनामा प्रकरण सतहमा आएको मानिएको छ।

गाउँपालिकामा अहिले प्रशासनिक कामकाज पनि प्रभावित हुन थालेको स्थानीयले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय