Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

राजीनामा विवादले अग्निसाइर कृष्णासवरन गाउँपालिकामा तनाब

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सप्तरी,२० कातिक । सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिकामा अध्यक्ष दिनानाथ चौधरीको राजीनामा सम्बन्धी विषयले स्थानीय तहको नेतृत्व दुई धारमा उभिएको छ। अध्यक्ष चौधरीले आफ्नो नाममा सार्वजनिक गरिएको राजीनामा पत्र किर्ते भएको आरोप लगाउँदै उपाध्यक्ष कल्पना चौधरीमाथि राजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन्।

अध्यक्ष चौधरीका अनुसार आफूले कुनै पनि अवस्थामा राजीनामा नदिएको र उपाध्यक्षले जालसाजीमार्फत फर्जी दस्तावेज तयार गरी आफ्नो पद लक्षित षड्यन्त्र गरेको दाबी गरेका छन्। उनले यस विषयमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनी पनि दिएका छन्।

उता उपाध्यक्ष कल्पना चौधरीले भने अध्यक्षले स्वइच्छाले राजीनामा बुझाएको र आफूले सोही पत्र अनुसार अगाडि बढेको प्रतिक्रिया दिएकी छन्। राजीनामाको विषय सार्वजनिक भएपछि दुवै पदाधिकारीबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ।

यसअघि गाउँपालिका अध्यक्ष चौधरीको वडाध्यक्षसँग ‘खुट्टा मालिस’ गरिरहेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो। सो घटनापछि बढेको विवादको बीचमा नै राजीनामा प्रकरण सतहमा आएको मानिएको छ।

गाउँपालिकामा अहिले प्रशासनिक कामकाज पनि प्रभावित हुन थालेको स्थानीयले बताएका छन्।

ताजा समाचार

थप समाचार