spot_img

अनलाइन ठगीको जोखिम बढ्दो, प्रहरीको सतर्कता अपिल

spot_img
spot_img

काठमाडौँ,२० कातिक । अनलाइनमार्फत हुने ठगी घटनामा वृद्धि भएको भन्दै प्रहरीले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले हाल विविध अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत नागरिकलाई झुक्याएर पैसा हिनामिना गर्ने घटनाहरू बढिरहेको चेतावनी दिएको हो।

प्रहरीका अनुसार सस्तो मूल्यमा सामान उपलब्ध गराइदिने भन्दै अग्रिम भुक्तानी माग्ने, मोबाइल वा कम्प्युटरको स्क्रिन सेयर गराउन अनुरोध गर्ने तथा ‘ओटीपी’ नम्बर लिएर बैंक तथा डिजिटल वालेट ह्याक गर्ने जस्ता विधि प्रयोग गरी ठगी हुने क्रम तीव्र बनेको छ।

प्रहरीले कुनै पनि अपरिचित व्यक्ति वा नम्बरबाट आएको कॉल, म्यासेज वा लिंकलाई विश्वास नगर्न अनुरोध गरेको छ। साथै, डिजिटल कारोबारमा आवश्यक्ताभन्दा बढी विवरण शेयर नगर्न, विशेषगरी व्यक्तिगत ‘ओटिपी’ नम्बर वा बैंक खाताको जानकारी कसैलाई पनि नदिन चेतावनी दिएको छ।

प्रहरीको भनाइमा, ठगी रोकथामको प्रमुख उपाय सजगता र ध्यानपूर्वक अनलाइन व्यवहार हो। शंका लागेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न सुझाव दिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय