spot_img

राष्ट्रपति पौडेल आज स्वदेश फर्कंदै

spot_img
spot_img

काठमाडौँ,२० कातिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारबाट आज अपराह्न स्वदेश फर्कन लागेका छन्। उनी कात्तिक १७ गते ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहा गएका थिए।

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रमा सम्बोधन गर्दै सामाजिक विकास, गरिबी निवारण, मर्यादित रोजगारी र सामाजिक समावेशीकरणका विषयमा नेपालको अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए। त्यसैगरी उनले सामाजिक विकासका तीन प्रमुख स्तम्भबारे आयोजित उच्चस्तरीय गोलमेचमा पनि भाग लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

दोहामा विभिन्न औपचारिक भेटघाट तथा कार्यक्रम सम्पन्न गरेपछि राष्ट्रपति पौडेल आज अपराह्न नेपाल फर्किन लागेका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय