Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

जेनजी आन्दोलनपछि लगानीकर्तामा अनिश्चितता बढेको गभर्नरको संकेत

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२० कातिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेको बताएका छन्। ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ कार्यक्रममा बोल्दै उनले पहिले नै लगानी विस्तार सुस्त रहेको समयमा आएको आन्दोलनले वातावरण अझै चुनौतीपूर्ण बनाएको बताए।

गभर्नर पौडेलले भने, “अघिल्लो दुई वर्षदेखि नै पूँजी भए पनि लगानी प्रवाह बढ्न सकेको थिएन। त्यही बीचमा जेनजी आन्दोलन हुँदा लगानीकर्ता अझै सतर्क र अनिश्चित बनेका छन्।”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलन शान्त उद्देश्यबाट सुरु भए पनि घुसपैठका कारण निजी र सरकारी संरचनामा आक्रमण भएको टिप्पणी गरे। उनले आन्दोलनको मूल भावना र पछिल्लो परिणामबीच फरक देखिएको बताए।

- Advertisement -

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनले देखाएको असन्तुष्टि राजनीतिक दलहरूले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताए। “समस्या व्यक्तिमा होइन, प्रणालीमा छ। सुधार त्यसैमा केन्द्रित हुनुपर्छ,” उनले भने।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आन्दोलनको लक्ष्य कांग्रेसतर्फ पनि निर्देशित रहेको उल्लेख गरे। सरकारमा रहेको दलका नाताले पार्टीले आत्मअनुशासन र जनचेतनालाई ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो।

Leave a Reply

ताजा समाचार

थप समाचार