spot_img

जेनजी आन्दोलनपछि लगानीकर्तामा अनिश्चितता बढेको गभर्नरको संकेत

spot_img
spot_img

काठमाडौँ,२० कातिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेको बताएका छन्। ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ कार्यक्रममा बोल्दै उनले पहिले नै लगानी विस्तार सुस्त रहेको समयमा आएको आन्दोलनले वातावरण अझै चुनौतीपूर्ण बनाएको बताए।

गभर्नर पौडेलले भने, “अघिल्लो दुई वर्षदेखि नै पूँजी भए पनि लगानी प्रवाह बढ्न सकेको थिएन। त्यही बीचमा जेनजी आन्दोलन हुँदा लगानीकर्ता अझै सतर्क र अनिश्चित बनेका छन्।”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलन शान्त उद्देश्यबाट सुरु भए पनि घुसपैठका कारण निजी र सरकारी संरचनामा आक्रमण भएको टिप्पणी गरे। उनले आन्दोलनको मूल भावना र पछिल्लो परिणामबीच फरक देखिएको बताए।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनले देखाएको असन्तुष्टि राजनीतिक दलहरूले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताए। “समस्या व्यक्तिमा होइन, प्रणालीमा छ। सुधार त्यसैमा केन्द्रित हुनुपर्छ,” उनले भने।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आन्दोलनको लक्ष्य कांग्रेसतर्फ पनि निर्देशित रहेको उल्लेख गरे। सरकारमा रहेको दलका नाताले पार्टीले आत्मअनुशासन र जनचेतनालाई ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय