Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

रवि र छविको थुनाबाहिरै मुद्दा लड्ने निवेदनमाथि आज उच्च अदालतमा सुनुवाइ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा हुँदैछ ।

सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उनीहरुको मुद्धामा आज लसीपुर बुटवल इजलासमा सुनुवाई हुने भएको हो । साप्ताहिक पेसी अनुसार, न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा क्रम संख्या ३ मा यस मुद्दाको सुनुवाइ तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् । यसअघि लामिछानेको मागबमोजिम एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश भएको थियो ।

लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए, तर जिल्ला अदालत रुपन्देहीले यसअघि उनको निवेदनलाई अस्वीकार गरेको थियो । सुप्रिम सहकारी ठगीको यो मुद्दामा प्रतिवादीहरूलाई सामूहिक रूपमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

ताजा समाचार

थप समाचार