spot_img

भिटामिन ‘ए’ अभियान सफल बनाउन मुख्यमन्त्री सोनलको अपिल

spot_img
spot_img

जनकपुर,२० कातिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेशभर सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम प्रभावकारी बनाउन अभिभावक, स्वास्थ्यकर्मी र सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

बिहीबार जारी विज्ञप्तिमा मुख्यमन्त्री सोनलले प्रदेशका कुनै पनि बालबालिका भिटामिन ‘ए’ र जुकाको औषधिबाट वञ्चित नहोस् भनेर सबै तहबाट सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरेका छन्।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत मधेस प्रदेशमा आज र भोलि गरी दुई दिन अभियान सञ्चालन हुँदैछ। यस अवधिमा ६ महिना देखि ५ वर्ष उमेरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि अल्बेन्डाजोल खुवाइनेछ।

मुख्यमन्त्री सोनलले भिटामिन ‘ए’ वितरण बाल स्वास्थ्य र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कार्यक्रम भएकाले अभिभावक, स्थानीय तह र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए।

उनका अनुसार, यस अभियानले बालबालिकाको दृष्टि संरक्षण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र कुपोषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय