spot_img

नारायणी अस्पतालको निमित्त मेसुमा डा. चित्तरञ्जन साह पुनः नियुक्त

spot_img
spot_img

बीरगन्ज,२० कातिक  । नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट (मेसु) का रूपमा डा. चित्तरञ्जन साह पुनः जिम्मेवारीमा फर्किएका छन्। मेसु डा. चुमन लाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले डा. साहलाई पुनः निमित्त मेसुको जिम्मेवारी प्रदान गरेको हो।

डा. दासलाई मेसु बनाइनु अघि पनि डा. साह नै अस्पतालको निमित्त मेसुका रूपमा कार्यरत थिए। अनुभव, नेतृत्व क्षमता र सेवाको निरन्तरता सुनिश्चित गर्न उनीमाथि पुनः भरोसा राखिएको मन्त्रालय स्रोतले जनाएको छ।

मधेस प्रदेशको प्रमुख स्वास्थ्य संस्था मानिने नारायणी अस्पतालमा दैनिक सयौँ बिरामी उपचारका लागि आउने गर्छन्। डा. साहको पुनर्नियुक्तिले अस्पतालको नियमित सेवा प्रवाह र प्रशासनिक व्यवस्थापन निर्बाध रुपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय