spot_img

आगजनीपछि बीरगन्ज महानगर पुनः सञ्चालनतर्फ, सहयोग जुट्ने क्रम निरन्तर

spot_img
spot_img

बीरगन्ज,२० कातिक । ‘जेन्जी’ नाममा भदौ २३ र २४ मा चलेको आन्दोलनका क्रममा गरिएको लुटपाट, तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको बीरगन्ज महानगरपालिका कार्यालय पुनः सञ्चालनतर्फ अघि बढिरहेको छ। कार्यालय पुनर्स्थापना र सेवा प्रवाह सहज बनाउन विभिन्न संघ–संस्था, उद्योगी–व्यवसायी र सामाजिक सङ्गठनबाट सहयोग निरन्तर जुटिरहेको छ।

आगजनीका कारण कार्यालय भवन तथा सामग्री पूर्ण रूपमा नष्ट भएपछि नगरबासीलाइ प्रत्यक्ष सेवा दिन प्रभावित भएको थियो। स्थिति सामान्य बनाउन सहयोगी हातहरू अगाडि आउँदै गर्दा सेवा सञ्चालन क्रमशः सहज बन्दै गएको महानगरले जनाएको छ।

बिहीबार बीरगन्ज –२१ परवानीपुरस्थित केएनपी जापान प्रालिले महानगरपालिकालाई २ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ। महानगरका सद्भावना दूत तथा वरिष्ठ उद्योगी अशोक वैद्यको पहलमा यो सहयोग उपलब्ध गराइएको हो।

वैद्यको पहलमा यसअघि ब्रिटानिया नेपालले २० थान अफिस कुर्सी प्रदान गरिसकेको छ। उनले आवश्यक उपकरण तथा कार्यालय सामग्री जुटाउन उद्योगी–व्यवसायीसँग समन्वय जारी रहेको बताए।

यसअघि सूर्य नेपाल प्रालि, बीरगन्ज  उद्योग वाणिज्य संघ, एनपीएल समाज कल्याण संस्था र औषधी व्यवसायी सङ्घ लगायतका संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सीलगायत सामग्री सहयोग गरिसकेका छन्।

महानगर प्रमुख राजेशमान सिंहले कठिन घडीमा साथ दिने सबै संस्था तथा दाताहरू प्रति आभार व्यक्त गर्दै भने,
“महानगरको सम्पत्ति जलेको मतलब नगरबासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो अवस्थामा सहयोगका हात अघि बढ्नु हाम्रा लागि ठूलो हौसला हो, यसले महानगरलाई पुनः उठ्न प्रेरणा दिएको छ।”

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय