spot_img

गृहमन्त्रीप्रति सुदन गुरुङको असन्तुष्टि, “काम गर्न नसके पद छोड्ने वाचा बिर्सनुभयो?”

spot_img
spot_img

काठमाडौँ,२० कातिक । जेनजी अभियानका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै गृहमन्त्रीमा बसेर जनताको विश्वास तोडेको आरोप लगाएका छन्। उनीका अनुसार, अपराध र भ्रष्टाचारविरुद्ध जनताले उठाइरहेको आवाज बेवास्ता गरिएको छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै गुरुङले लेखेका छन्, “देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेन्जीलाई कारबाही गर’ भन्ने मात्रै सुन्ने गृह मन्त्रालयमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत, जनताको भरोसा र तपाईंले गरेका वाचा सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने प्रतिज्ञा भुल्नुभयो?”

“दुई महिना पुग्दा पनि ठोस काम शून्य” सरकार गठन भएको करिब दुई महिना बितिसक्दा समेत कुनै पनि हत्या वा ठूलो भ्रष्टाचार प्रकरणमा कारबाही नभएको आरोप गुरुङले लगाएका छन्। उनले लेखेका छन्, “देशको हितका लागि बोल्दा मैले झूटो प्रचारदेखि चरित्रहत्या सम्म सहेरै बसेँ। स्पष्टीकरण दिन पनि आवश्यक ठानिनँ, किनकि म विश्वास गर्थें— कामले बोल्छ। तर अब तपाईंबाट आशा सकिएको छ।”

चुनाव सार्ने आन्दोलनबारे पनि टिप्पणी ८४ सालको निर्वाचन ८२ सालमै सार्न गरिएको आन्दोलन आफूबिहीनै गरिएको दाबी गर्दै उनले जनताका माग सम्बोधन नभए चुनाव हुन नदिने चेतावनीसमेत दिए।

गृहमन्त्री अर्याललाई लक्षित गर्दै गुरुङले थप चेतावनी दिए, “अहिले पनि कुर्सीमा टाँसिएर बस्ने हो भने दुई दिनपछि हुने प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सी बाँच्छ भन्ने सोच भ्रम हो।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय