काठमाडौँ,२० कातिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सर्वपक्षीय अन्तरिम सरकार गठनको माग गर्दै बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ।
पार्टीका नेताका अनुसार जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवेशलाई ध्यानमा राख्दै त्यसप्रति पार्टीको आधिकारिक धारणा जनतामा पुर्याउने उद्देश्यले र्याली तथा सभा आयोजना गरिएको हो।
र्याली विभिन्न स्थान हुँदै भृकुटीमण्डप पुगेपछि सभामा परिणत भएको छ। कार्यक्रममा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रमुख सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।




