spot_img

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा भेटियो, दुई जना पक्राउ

spot_img
spot_img

विराटनगर,२० कातिक । मोरङमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा प्रहरीले ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको छ। यस घटनामा दुई जनालाई नियन्त्रणमा लिइएको छ।

बुधबार राति लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको टोलीले जहदा गाउँपालिका–३ बाट स.१ च.६५६ नम्बरको एम्बुलेन्स जाँच गर्दा कालो झोलामा राखिएको ठूलो परिमाणको गाँजा फेला परेको हो।

बरामद एम्बुलेन्स चालक दुर्गाप्रसाद राजवंशी (३२, विराटनगर–५) र एम्बुलेन्ससँगै यात्रा गर्दै आएका मोटरसाइकल चालक दिलीपकुमार राजवंशी (३२, जहदा गाउँपालिका–३) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दिलीप मोटरसाइकल स्कुटिङ गर्दै अघि बढेको अवस्थामा पक्राउ परेका थिए।

प्रहरीका अनुसार, घटनामा संलग्न अन्य पक्ष र गाँजा ओसार–पोसार सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय