काठमाडौं,२० कातिक । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ।
युवा संघका अनुसार, मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको थियो। उजुरी दर्ता प्रक्रियामा रहेको साइबर ब्युरोका अधिकारीले जानकारी दिएका छन्।
उक्त स्टाटस मेयर शाहले १६ कात्तिकको मध्यराति पोस्ट गरेका थिए र केहीबेरमै पेजबाट हटाइएको थियो।




