spot_img

मधेश डिआइजी थपलियाले ट्राफिक प्रहरीलाई दिए सुरक्षा र व्यवस्थापन सम्बन्धी निर्देशन

spot_img
spot_img

जनकपुर,२० कातिक । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले बाराको पथलैया स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको निरीक्षण गरेका छन्।

बिहीबार दिउँसो पथलैया पुगेका डिआइजी थपलियाले कार्यालयका सम्पूर्ण शाखा र ब्यारेक भवनको अवलोकन र निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा उनले कार्यालयका ट्राफिक प्रहरी अधिकारी तथा युनिट इन्चार्जहरूलाई ब्रिफिङ गर्दै राजमार्गमा सुरक्षात्मक सतर्कता र प्रभावकारी यातायात व्यवस्थापन सुनिश्चित गर्न निर्देशन दिएका हुन्।

उनले बढ्दो सवारी चाप, दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीहरू समाधान गर्न कार्यकुशलता र जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए। साथै, डिआइजी थपलियाले ट्राफिक प्रहरीलाई जनतासँग व्यवहारमैत्री र अनुशासित रहँदै आफ्नो कर्तव्य निर्वाह गर्न पनि निर्देशन दिएका छन्।

निरीक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख, विभिन्न शाखा प्रमुख र ट्राफिक युनिट इन्चार्जहरू उपस्थित थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय