spot_img

कांग्रेसले विधानमा ‘राष्ट्रिय धर्म’ राखेर जेठमा महाधिवेशन गर्नुपर्छ : दीपक खड्का

spot_img
spot_img

काठमाडौं,२० कात्तिक । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बिहीबारकोे बैठकमा उनले आगामी जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टी अघि बढ्नुपर्ने बताएका हुन् ।

‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,’ उनले भने । खड्काले नेपाल सनातन वैधिक, धार्मिक राष्ट्र भएकाले राष्ट्रको पनि धर्म हुनुपर्छ भनेर विधानमै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्ने धारणा राखे । नेता खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने, नागरिक असुरक्षित हुने र लोकतन्त्रनै समाप्त हुने हुँदा सबै कुरा बिर्सिएर पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए ।

उनले सबै केन्द्रीय पदाधिकारीसमेत बुथबाट प्रतिनिधि भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्ने, पार्टीको विधानलाई समयानुकूल बनाउन विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने राय प्रस्तुत गरे ।

पार्टीको महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने, राष्ट्रिय पुँजी निर्माणको नेतृत्व लिनका लागि पार्टीले सबैसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको हुँदा प्रष्ट नीतिसहित अन्तर्राष्ट्रिय सम्बन्धहरू बलियो बनाउन कांग्रेसले पहल गर्नुपर्ने धारणा खड्काको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय