Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

जेन–जी बलिदानले निरंकुश सत्ता खरानी बनायो : विप्लव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले निरंकुश बन्दै गएको राज्यसत्तालाई ‘जेन–जी’ पुस्ताको बलिदानले खरानी बनाइदिएको बताएका छन् ।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले ‘नेपाललाई कहिल्यै नबिर्सने गुण’ लगाएर गएको उल्लेख गरेका छन् ।

उनले राज्यसत्ता अन्धो, बहिरो, निरंकुश र जनताविरुद्ध तानाशाही बन्दै गएको आरोप लगाउँदै, जेन–जीले आफ्नो रगत र बलिदान दिएर ‘अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाएको’ दाबी गरे । उनले काठमाडौँको सडकमा नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिरसमेत गरेका छन् ।

ताजा समाचार

थप समाचार