spot_img

भदौ २४ को आगजनीमा मान्छे होइन, राक्षसले भूमिका खेलेको ओलीको दाबी

spot_img
spot_img

काठमाडौँ,२० कातिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि समाजमा फैलाइएको घृणाका कारण देश अहिले असहज अवस्थामा पुगेको दाबी गरेका छन्। उनले भक्तपुरको गुन्डुस्थित निवासमा आफ्नो पार्टीका नेता–कार्यकर्तासँगको भेटमा २४ भदौको आगजनी घटनालाई मान्छेलाई राक्षसमा परिणत गरेर गराइएको भएको बताएका छन्।

ओलीले भने, “सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा छ। त्यसलाई बिथोलेर अपशब्द बोलेर घृणा फैलाउनेहरूले समाजलाई भताभुंग पार्न खोजे। २४ भदौको आगजनी घृणाको चरम परिणति थियो। सामान्य मान्छेले त्यसरी आगो लगाउन सक्दैन; मान्छेलाई राक्षसमा परिणत गरेपछि मात्र सम्भव हुन्छ।”

पूर्वप्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि घृणा फैलाउने प्रक्रियासँग जोडेर संकेत गरेका छन्। उनले भने, “स्टाटस लेख्दा भाषा असभ्य र असामाजिक भएको देखिन्छ। हाम्रो परम्परा सभ्य र आदरपूर्ण हो; असहमति हुँदा पनि सम्मानजनक ढंगले राख्ने परम्परा हो। तर अहिले अपशब्द प्रयोग गर्ने प्रवृत्ति बढेको छ।”

सामाजिक सञ्जालमा मेयर बालेनले केही दिनअघि आपत्तिजनक शब्द प्रयोग गर्दै स्टाटस लेखेका थिए। आलोचनापछि उनले त्यो स्टाटस आधा घण्टाभित्र हटाएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय