काठमाडौं, २० कात्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेन–जी आन्दोलनमा पुस्ताले दिएको बलिदानले निरंकुश बन्दै गएको सत्तालाई खरानी बनाएको बताएका छन्।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै काठमाडौंमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, “जेन–जी आन्दोलनमा बलिदान दिनेहरूले नेपाललाई कहिल्यै नबिर्सिने गुण लिएर गए। राज्य सत्ताले अन्धोपना, बहिरोपना र निरंकुशता देखाएको थियो। जनताविरुद्ध तानाशाही बन्न लागेको थियो।”
विप्लवले जेन–जीले आफ्नो रगत र बलिदानमार्फत अहंकारी दलालहरूको सत्ता र संसद्लाई आगोमा खरानी बनाएको बताएका छन्। उनले काठमाडौंका सडकमा नवयुवाको रगत अझै पनि टाँसिएर रहेको र जलाइएका संरचनाहरू जीर्ण अवस्थामा उभिएका प्रमाण भएको पनि जिकिर गरेका छन्।




